कोरोनाका ९७९ संक्रमित थपिए, १७३६ जना डिस्चार्ज्

  • 68
    Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ९ सय ७९ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ पिसिआर परिक्षण गर्दा ९ सय ७९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ७ सय ३६ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

यस्तै देशभर १६ हजार २ सय ५९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ११ जना संक्रमितको निधन भएको छ । यो सँगै मृत्यु हुने संक्रमितको सँख्या ३ सय पुगेको छ ।


  • 68
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *