किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता भएका छन् । सङ्खुवा खोलाले बगाउँदा सिलिचोङ–२ दाङखिदाका ३० वर्षीय सुवास कुलुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० वर्षीय कुलुङलाई आइतबार बिहान ९ः३० बजे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए। बेपत्ता भएका कुलुङको खोजी कार्य जारी रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहनशमशेर कुलुले बताए। खराब मौसमका कारण खोजी कार्यका समस्या भएको र सोमबार पनि खोजी कार्य जारी रहने बताइएको छ ।