उद्योगी व्यवसायीलाई नतर्सिन प्रधानमन्त्री ओलीको सुझाव

  • 8
    Shares

काठमाडौं । कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरका विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका उद्योगी व्यपारीहरूले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका थिए ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल लगाएतले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले संबोधन गर्ने बताए ।

आफ्नो संबोधनका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले धेरै ठूलो क्षति भोग्नु परेको बताएका थिए ।

अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गर्दै ओलीले कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबैलाई सचेत हुन पनि निर्देशित दिए ।

नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउनु हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत ओलीले आह्वान समेत गरेका थिए । उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्दै काम गरेर खान नेपालमा समस्या नरहेको बताएका छन् । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पर्छ । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौं मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउछ उनको तर्क थियो । उक्त छलफल करिब अढाई घण्टासम्म चलेको थियो ।


  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *