हत्यालाई आत्महत्या बनाउने प्रयास भयो

विराटनगर । सुनसरी देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएका छन् । निजकी छोरी रिङ्कीकुमारी मेहता (महतो) विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अपहरण गरी घरमा लगेर हत्या गरेको आज पत्रकार सम्मेलनमा जयशङ्करले आरोप लगाए ।

“मेरी छोरीलाई घरमै हत्या गरी सल घाँटीमा बेरेर झुण्डाई आत्महत्या देखाउन खोजिएको छ । यसले हामीलाई झनै पीडित बनाएको छ । यस घटनामा प्रहरी प्रशासनले वास्तविकता छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृतकका बुबा जयशङ्करले भने । यस्तो जघन्य अपराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै जयशङ्करले आफ्नी छोरीको हत्या भएको निवेदन हुलाकमार्फत पठाउनुपर्दा आफू झनै पीडित भएको बताउनुभयो । आफ्नी छोरीको हत्या गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग पनि उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *