कोरोनाका ९८० संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

  • 71
    Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ९ सय ८० संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ पिसिआर परिक्षण गर्दा ९ सय ८० जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । 

पछिल्लाे २४ घण्टामा काठमाडौँमा २८०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी उपत्यकामा ३ सय ५४ संक्रमित थपिएका छन् । हालसम्म काठमाडाैँ उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ रहेको छ ।

यस्तै २४ घण्टामा १ हजार ८ सय १४ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २८ हजार ९ सय १४ पुगेको छ । नेपालमा निकाे हुनेकाे अनुपात ६३ प्रतिशत रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ९ जनाले ज्यान गुमाएकाे पनि प्रवक्ता गाैतमले जानकारी दिएका छन् ।


  • 71
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *