- 4Shares
कास्की । नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा आइतबार बिहान उनलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि जानकारी दिएको हो । यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।
- 4Shares