USAID

मानव बेचविखनविरुद्धको अभियानमा सहयोग गर्न मन्त्री गुरुङको अपिल

  • 4
    Shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पुर्याउन सबैलाई अपिल गरेका छन् ।

‘मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औँ राष्ट्रिय दिवस’ को अवसर मन्त्रालयद्धारा आज आयोजित ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधका घटना बढदै गएकामा चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबै राजनीतिक दललाई पनि आग्रह गरे ।

उनले भने, “राजनीतिक दल, सबै तहका जनप्रतिनिधिले मानव बेचबिखन हुन नदिन आ–आफ्नो ठाउँबाट अझै सक्रियताका साग योगदान दिनुपर्ने छ, मानव बेचबिखनलगायतका जघन्यअपराधका घटना हुन नदिने अभियानमा संलग्न सामाजिक अभियन्तालाई ‘राष्ट्रिय परिचयपत्र’ बनाएर सम्मान गर्ने सरकारको योजना छ ।”
उनले समाज रुपान्तरणको अभियानमा लाग्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेख्य योगदान पुर्याउनेलाई राज्यले सम्मान गर्नका लागि आवश्यक नीतिगत निर्णय तत्काल गर्ने पनि बताए । मन्त्री गुरुङले सभ्य, सुसंस्कृत समाज निर्माणका लागि पनि मानव बेचबिखन तथा ओसारपसार जस्ता घटना हुन नदिन सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले उत्पादन र उद्यमशीलताको माध्यमबाट आर्थिकरुपमा सबल बनाइ मानव बेचबिखन अन्त्य गर्ने गरी सरकारले सबै स्थानीय तहमा आवश्यक कार्यक्रम अघि बढाउने पनि बताए ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ पुष्पा भुषालले गरिबी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतिको रुपमा देखा परेको बताउँदै ती समस्या समाधानका लागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढन सरकारको ध्यानाकर्षण गराइन् । सांसद शेरबहादुर तामाङले मानव बेचबिखन जस्ता अपराधिक घटना हुन नदिन ठोस योजनाका साथ अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले रोजगारीका अवसर सृजना गर्दै मानव बेचबिखन तथा ओसारपसार जस्ता अपराधिक घटना हुन नदिन मन्त्रालय लागि परेको बताए ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *