USAID

सन्दीप आबद्ध जमैकाको खेल आज राति


काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ ।

जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ ।

सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उनले सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसकेका छन् । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द हुँदा सन्दीपलाई घाटा भएको छ । प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा रहेका छन् ।

सबैभन्दा बढी विकेट लिनेमा गुएना अमेजनका इमरान ताहिर रहेका छन् । उनले १० खेलमा १५ विकेट लिएका छन् । यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा जमैकाका मुजिब उर रहमान रहेका छन् । उनले आठ खेलमा १३ विकेट लिएका छन् ।

प्रतियोगितामा ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब सेमिफाइनलमा प्रतियोगिताको चौथो स्थानमा रहने टोलीसित खेल्ने छ । गुयना एमेजन वारियर्स लिग चरणका १० वटै खेल खेलेर १२ अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको सेन्ट लुसिया जुक्स १० अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *