USAID

काँग्रेस नेतृत्वमा विरासतको चर्चा

  • 140
    Shares

– दुर्गाप्रसाद गौतम

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको तिथिमिती यहि आउँदो फाल्गुन ७ गते देखी १० गते सम्म काठमाडौंमा तोकिसकिएको छ भने नेपाली काँग्रेसको महाधिवेशनलाई नै लक्षित गरेर श्रावण मसान्त सम्मकोलागि सकृय सदस्य नविकरण गर्न नेपाली काँग्रेस केन्द्रले दिएको म्याद समाप्त भएको पनि दुइ हप्ता बित्न लागिसकेको छ । कोभिड–१९को पछिल्लो प्रभाव नेपालमा बढेसँगै राज्यको विभिन्न स्थानमा हाल सम्म पनि जारी रहेको लकडाउन र निषेध आज्ञाले के कति सकृय सदस्य नविकरणलाई प्रभाव पारेको छ त्यसका बारेमा हालै नेपाली काँग्रेस केन्द्रले कुनै विज्ञप्ति जारी गरेको छैन । कोभिड–१९ को प्रभावलाई वेवास्ता गर्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको विभिन्न ठाउँमा बढ्दै गएको जमघट र भेलाले काँग्रेसमा चौधौं महाधिबेशनको सरगर्मी चढिसकेको भान सजिलै गर्न सकिन्छ । यतिखेरको केन्द्रिय काँग्रेस नेतृत्वमा को आउने भन्ने हाडवाजी नै चल्न थालेको छ र यसमा झण्डै एक दर्जन नेपाली काँग्रेसका नेताहरु आकांक्षी देखिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा लगाएत हाल पदाधिकारीको विभिन्न जिम्मेवारी सम्हाली सकेका र नसम्हालेका नेताहरुले आफ्नो उमेद्वारी दावी गरिरहेका छन् । उक्त उमेद्वारी दावीमा विभिन्न दृष्टिकोणहरु बाहिर आएका छन् । ति मध्ये लिगेशीको आधार र यूवाहरुको दृष्टिकोण शसक्त रुपमा उठे पनि उक्त दृष्टिकोणलाई अगाडी सार्नेहरुले सभापतिमा आफुलाई स्थापित हुनकालागि वर्तमान सभापतिको अर्कमण्यतालाई मात्र आधार बनाइरहेका छन् । प्रायः सबै सभापतिको दावी गर्ने उमेद्वारहरुले वर्तमान नेतृत्वको असक्षमता, अदुरदर्शीता तथा अपारदर्शीता पाटी भित्र र वाहिरको गतिविधि कै कारण नेपाली काँग्रेस वर्तमान अवस्थामा पुगेको दावी गरिरहेका छन् । तथापि यसलाई पुष्टि गर्ने त्यस्ता गतिला तर्क र गतिविधि भने आवाज मुखरित गर्नेहरु प्रायः शुन्य नै देखिन्छन् । त्यसैले यस्ता आवाजहरुलाई वेवास्ता गर्दै महाधिवेसनको मिति तोकिसकेपछि चार वर्ष सम्म गठन गर्न नसकेको वा नगरिएको काँग्रेस केन्द्रिय विभागहरु थप गर्ने, त्यसमा धमाधम मनोनयन गर्ने सभापति देउवाको निर्णयले उनी पुनः एक पटक नेपाली काँग्रेसको नेतृत्वलागि आकांक्षी छन् र चुनावी जोडघटाउमा माहिर मानिने देउवाले त्यसै अनुरुपको व्यवहार प्रश्तुत गरेका हुन भनि बुझ्न कठिन छैन् ।

विशेश्वर प्रसाद कोइराला पछि नेपाली काँग्रेसमा स्थापित नेतात्रयको अवधारणा गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला राजनैतिक लिगेशीका नेतृत्व हुन् । जसलाई रोलक्रममा नै व्यक्त गर्ने हो भने विशेश्वर प्रसाद कोइरालाको प्रथम राजनैनिक लिगेशीको तात्कालिन नेतृत्व सर्वोच्च नेता गणेशमान सिंहको हो । दोश्रो लिगेशी नेतृत्व सन्त नेता किसुन जी को हो र तेश्रो लिगेशीको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हो ।


अव कुरा गरौं लिगेशी, सामान्यतया राजनितिमा लिगेशी भन्नाले विचार, व्यवहार, आचरण र दृष्टिकोणको बोध र मान्यतालाई बुझाउँछ । कुनैपनि राजनेताले समाज, राष्ट्र र विश्वसमुदायलाई छोडेरगएका विचार र त्यसको अनुकरणबाट पछिल्लो पुस्ता आर्दश समाजको निर्माण गर्न सफल भयो भने त्यसलाई राजनैतिक उत्तराधिकारी वा लिगेशीका रुपमा स्थापित गरि पहिलो पुस्ताका ती महान नेताहरुलाई अविस्मरणीय बनाउने एउटा विधि स्थापित हुने वा प्रकृयाका रुपमा लिगेशीलाई लिने गरेको पाइन्छ । यहि आधारको लिगेशीको कुरा गर्ने हो भने लिगेशीले बावुले गरेका कर्मका कारण नै छोरा उक्त कर्मकालागि लायक छ भनि आधार प्रश्तुत गर्दैन । अझ राजनितिमा त पार्टी भित्र नेताले देखाएको वा स्थापित गरेको बाटोलाई निरन्तर समाज, राष्ट्रलाई परिवर्तन तर्फ उन्मुख गराउन बैचारिक निरन्तरतालाई सम्पूर्ण पार्टी पंक्तिलाई आफ्नो वैचारिक एजेण्डामा सहमत गराउन सक्ने नेतृत्व नै वास्तवमा लिगेशीको नेतृत्व हो । उदाहरणकालागि विशेश्वर प्रसाद कोइराला पछि नेपाली काँग्रेसमा स्थापित नेतात्रयको अवधारणा गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला राजनैतिक लिगेशीका नेतृत्व हुन् । जसलाई रोलक्रममा नै व्यक्त गर्ने हो भने विशेश्वर प्रसाद कोइरालाको प्रथम राजनैनिक लिगेशीको तात्कालिन नेतृत्व सर्वोच्च नेता गणेशमान सिंहको हो । दोश्रो लिगेशी नेतृत्व सन्त नेता किसुन जी को हो र तेश्रो लिगेशीको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हो । तथापी आफ्नो जीवनकालमा नै गिरिजाप्रसाद कोइरालाले राजनैतिक लिगेशीको नेतृत्व उनको पछिल्लो कालखण्डमा निर्वाह गर्न भने सकेनन् । यहाँ मनन् योग्य कुरा के छ भने गिरिजा प्रसाद कोइराला स्वंम विशेश्वर प्रसाद कोइरालाको भाइ भए पनि उनी विशेश्वर प्रसाद कोइरालाको प्रथम राजनैतिक लिगेशीको नेर्तत्व भने होईनन् । जुनकुरा तात्कालिन समयमा स्वयं नेपाली काँग्रेस भित्र गिरिजा प्रसाद कोइरालाले प्राप्त गरेका भूमिकाहरले प्रष्ट पार्दछ । जब गिरिजा प्रसाद कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गरि काँग्रेसमा विद्यमान रहेको राजनैतिक लिगेशीलाई तिलाञ्जली दिए तत् पश्चात नेपाली काँग्रेस भित्र परिवारवादलाई नै काँग्रेसको राजनैतिक लिगेशीका रुपमा स्थापित गर्ने र बुझ्ने परिपाटीको विकास गरियो । हाल नेपाली काँग्रेसमा लिगेशीको आधारमा दावी भएको सभापति वा काँग्रेसको नेतृत्व पनि यहि प्रकृतिको लिगेशी हो ।

नेपाली काँग्रेसको इतिहाँसमा वलिदानीपूर्ण त्याग र संघर्ष, पिता पुर्खाले गरेकै आधारमा त्यसको सावाँ, व्याज असुल गर्ने सवालमा कोइराला परिवारले धेरै नै असुल गरिसकेको छ । किनभने नेपाली काँग्रेसको नेतृत्व कोइराला परिवारबाट खासै २–३ वटा सभापतित्व काल भन्दा बाहिर गएको देखिंदैन । निधिको सवालमा पनि मधेशको वर्चस्व नै निधिको कारण गुम हुदै गैरहेको मधेश कै काँग्रेसी कार्यकर्ताको ठूलो पंक्तिको बुझाइ रहेको वर्तमान अवस्थामा पारिवारिक लिगेशीका आधारमा प्रकासमान सिंह धेरै उपर्युक्त उम्मेदवार हुन सक्छन् ।


नेपाली काँग्रेसको चौधौं महाधिवेसनका लागि पारिवारिक लिगेशीका आधारमा नेपाली काँग्रेसका विचारक जननायक वि.पी. कोइराला पुत्र सशांक कोइराला, नैना पुत्र शेखर कोइराला, गिरिजा पुत्री सुजाता कोइराला, सर्वोच्च नेता गणेशमान पुत्र प्रकाशमान सिंह तथा पूर्व महामन्त्री महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधि आदिले नेतृत्वमा दावी गरिरहेका छन् । उनीहरुको दावी दृष्टिकोण, विचार, आदर्शका आधारमा के कति उचित तथा अनुचित छ त्यो पाठकवर्ग तथा नेपाली काँग्रेस विचारक, चिन्तक, शुभेच्छुक तथा आम जनसमुदायले छुट्याउला । तथापी यो पंक्तिकार पारिवारिक लिगेशी कै आधारमा नेपाली काँग्रेसको नेतृत्व दावी गर्ने र दिनु पर्ने तर्क बेजोड हुदै जाने हो भने माथी दावा भएका लिगेशीका अधारको नेतृत्वमा नेपाली काँग्रेसको सभापति प्रकासमान सिंह धेरै उपयुक्त देखिन्छ जस्तो भानराख्दछ । नेपाली काँग्रेसको इतिहाँसमा वलिदानीपूर्ण त्याग र संघर्ष, पिता पुर्खाले गरेकै आधारमा त्यसको सावाँ, व्याज असुल गर्ने सवालमा कोइराला परिवारले धेरै नै असुल गरिसकेको छ । किनभने नेपाली काँग्रेसको नेतृत्व कोइराला परिवारबाट खासै २–३ वटा सभापतित्व काल भन्दा बाहिर गएको देखिंदैन । निधिको सवालमा पनि मधेशको वर्चस्व नै निधिको कारण गुम हुदै गैरहेको मधेश कै काँग्रेसी कार्यकर्ताको ठूलो पंक्तिको बुझाइ रहेको वर्तमान अवस्थामा पारिवारिक लिगेशीका आधारमा प्रकासमान सिंह धेरै उपर्युक्त उम्मेदवार हुन सक्छन् । एका तर्फ उनको सभापतित्वले हाल सम्म नेपाली काँग्रेसको केन्द्रिय नेतृत्व नपाएको उपत्यकाले केन्द्रिय नेतृत्व पाउँदा यसले देशैभरि ठूलो अर्थ राख्न सक्छ भने अर्को तर्फ गणेशमान सिंहले नेपाली राजनितिमा गरेको त्यागको व्याज प्रतिकात्मक रुपमा सिंगो नेवार समुदाय र स्वयं गणेशमान सिंह पुत्र प्रकासमान सिंहले प्राप्त गर्ने छन् । तथापी तुलनात्मक रुपमा प्रकासमान सिंहले नै अरु नेपाली काँग्रेसको राजनैतिक लिगेशी पनि अरुले भन्दा बढी बोक्न सक्लान, यो पनि पाठक वर्गलाई नै छोडौं ।

वेलैमा नविन्द्रराज, चन्द्र भण्डारी, विश्वप्रकास, धनराज, गगन, प्रदिप, गुरुराज जस्ता यूवा नेताहरुले एउटै टेबुलमा बसी बैचारिक स्पष्टतालाई केन्द्रियतामा राखी सिङ्गो पदाधिकारीमा दावी गरी पुरानो पुस्तालाई सम्मानित गर्ने अवसर सहित काँग्रेस नेतृत्व परिवर्तनकालागि पहल गर्नु जरुरी छ ।

अव कुरा गरौं यूवा लिगेशीको, चौधौं महाधिवेसनमा गगन थापा लगाएतका यूवा नेताहरुले अबको काँग्रेस नेतृत्व यूवाहरुले गर्नुपर्ने आवाज उठाएका छन् । यिनीहरुले पनि बैचारिक रुपमा विद्यमान नेतृत्व के कति कारणले वेठिक भन्ने तर्क यूवा माझ स्थापति गर्न सकेका छैनन् । यूवा बिच नै एक खालको आसे प्रवृतिले पदाधिकारीमा किस्सेदारी पाउनकालागि बार्गेनिङ गर्न मात्र यिनीहरुको आवाज उठेको हो भन्ने जस्ता तर्कहरु वलियो भएका कारण नै काँग्रेस कमजोर भएको भन्ने दृष्टिकोण पनि ठूलै स्वरमा रहेको देखिन्छ । नेपाली काँग्रेसको युगान्तकारी परिर्वतन अरु कुनै पनि टालटुले कुराबाट हुन सक्दैन । भाषण तथा वक्तव्यवाजीबाट पनि सम्भव छैन यो केवल ठोस कार्य नितिबाट मात्र सम्भव हुन्छ । इतिहाँसको सम्मान, वर्तमानको रक्षा र भविष्यको आशा जगाउन तर्फ नेपाली काँग्रेसको हाल विद्यमान युवा पंक्तीको नेतृत्व पनि खासै जागरुक देखिंदैन । बरु कसरी यूवाको हवाला दिंदै आफू र आफ्नो वरिपरि वाहिर भित्रका सवै क्षेत्रका मानिसहरुको प्रयोग गरी इच्छित पद प्राप्त गर्ने भन्ने नै छ । होइन भने नेपाली काँग्रेसको यूवा पंक्तीका नेताहरु किन बैचारिक वहसहरु चलाई आफ्नो ऐजेण्डामा पार्टी पंक्तीलाई एकिकृत गर्न सफल छैनन् । हेक्का रहोस् नेपाली काँग्रेसका नेता वि.पी.कोइरालाले विचार कै भरमा यूवा अवस्थामा नै नेपाली काँग्रेसलाई जागरुक पार्टी बनाई त्यसको नेतृत्व गरिसकेका थिए । आज गगन, विश्व प्रकास, धनराज, गरुराज, प्रदिप जो केहीमा पनि त्यस्तो क्षमता प्रर्दशित हुन सकेको छैन भनि वहस विश्लेषण जरुरी छ । प्रष्ट देखिंदैछ, गगन थापा जुनसुकै गुटबाट भएपनि महामन्त्रीको पदमा उम्मेद्वारी दिने यदि त्यसो नभएमा वा गुटमा प्रवेश नपाएमा सभापति लड्ने उनकै भनाईबाट नेपाली काँग्रेसको यूवा पंक्ती पनि कतै वर्तमान पुस्ता जस्तै विचार वहसबाट नभई पदबाट नै आउँदा दिनमा निर्देशित त हुने होईन भन्ने खतरा बढेको छ । अतः वेलैमा नविन्द्रराज, चन्द्र भण्डारी, विश्वप्रकास, धनराज, गगन, प्रदिप, गुरुराज जस्ता यूवा नेताहरुले एउटै टेबुलमा बसी बैचारिक स्पष्टतालाई केन्द्रियतामा राखी सिङ्गो पदाधिकारीमा दावी गरी पुरानो पुस्तालाई सम्मानित गर्ने अवसर सहित काँग्रेस नेतृत्व परिवर्तनकालागि पहल गर्नु जरुरी छ । अन्यथा लिगेशीबाट नै काँग्रेस नेतृत्व चयन हुने सवालमा काँग्रेसलाई वर्तमान आस्थाको भन्दा राम्रो बनाउँन प्रकास मान सिंह नै सभापतिको उपर्युक्त उमेद्वार हुन सक्छन् ।

(लेखक आर्य स्कुल, सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।

  • 140
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *