USAID

ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी

  • 66
    Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले आजका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा ललितपुर क्षेत्र हिजाे बिहानैदेखि तनावयुक्त रहेको छ । अत्यधिक भिड जम्मा भई रथयात्रामा सामेल भएकोले उक्त भिडलाई तितरवितर पार्न प्रहरीलाई निकै मुस्किल परेको थियो । यसै क्रममा केही उत्सृङ्खल समुहले प्रहरीमाथि नै आक्रमण गर्दा केही प्रहरी घाईते भएका छन् ।

यसै विषयलाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनावग्रस्त भएपछि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । उता नेवाः समुदाय भने रथ तान्न नरोक्ने जनाउँदै आएका छन् ।


  • 66
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *