काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १२ हजार ८८ पिसिआर परीक्षण गर्दा ३ सय ४४ महिला तथा ७ सय २५ पुरुष गरी १ हजार ६९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ पुगेको छ । नेपालमा हालसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ७ सय ६८ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।
यस्तै देशभर १८ हजार १ सय १२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
