झापा । गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका- ३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा घाइते भएका स्थानियको मृत्यु भएको छ ।
स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ ।
गोरु काट्ने व्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अवरोध गर्न खोज्दा झापा गाउँपालिकामा केहीबेर झडप भएको प्रहरीले जनाएको छ ।