USAID

कोरोनाबाट राजधानीमा कांग्रेस नेताको निधन

  • 9
    Shares

काठमाडौँ । नेपाली कांग्रेसका एक नेताको कोरोना भाइरसको संक्रमणबाट काठमाडौँमा मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो । कांग्रेस काठमाडौं– २ नम्बरका क्षेत्रीय सभापति उपेन्द्र कार्कीले पुष्टि गरेका छन् ।

उनको काठमाडौँ कै बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । १३ दिनअघिदेखि ज्वरो र खोकी लागेका रञ्जित आइतवार मात्र अस्पताल भर्ना भएका थिए । निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमै सोमबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।


  • 9
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *