USAID

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. पाण्डेलाई कोरोना संक्रमण


नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन विभाग प्रमुख डा. राजन पाण्डेलाई कोरोना भाइरस संक्रमण भएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि सोमबार उनको स्वाब परीक्षण गरिएको थियो ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा आज मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमितको उपचारमा अग्रस्थानमा रहेर डा. पाण्डे खटिएका थिए । आफुलाई जोखिममै राखेर भए पनि डा. पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै उपचारमा संलग्न थिए ।

डा. पाण्डेले बिरामीकै उपचारमा खटिदा भाइरस संक्रमण भएको आशंका गरेका छन् । नियमित बिरामीको सेवामा खटिरहदाँ सरेको हुन सक्छ, डा. पाण्डेले भनेका छन् ।

यसअघि भेरी अस्पतालका कोरोना फोकलपर्सन डा. संकेत रिसाललाई भाइरस संक्रमण देखिएको थियो । संक्रमणबाट मुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने डा. पाण्डेले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *