पूर्वप्रधानमन्त्री नेपालका सात अङ्गरक्षकलाई कोरोना पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

विहिबार गरिएको परीक्षणको शुक्रबार प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपालसहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए।

अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिए लगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *