USAID

काठमाडौँका सबै बैंक बन्द, खुल्ने अनिश्चित


काठमाडौँ । प्रहरीले कार्यालय जान लागेका कर्मचारीलाई बाटोमै रोकेर फर्काएको भन्दै नेपाल बैंकर्स संघको आह्वानमा काठमाडौँ उपत्यकाका सबै बैंक आजका लागि बन्द गरिएका छन् । प्रहरीले कर्मचारीलाई बाटोमै रोकेपछि कार्यालय पुग्न नदिएकाले बिहीबारका लागि सबै बैंक शाखा बन्द गरिएको संघले जनाएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले हिजो मध्यरातदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए । यो अवधिमा स्वास्थ्य, बैंकिङ, खानेपानी, सरसफाइलगायत अत्यावश्यक सेवा सञ्चालन गर्ने बताइएको थियो । राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न बुधबार निर्देशन दिएको थियो ।

यद्यपि प्रहरीले बिहीबार बिहानैदेखि बैंकका कर्मचारीलाई बाटोमै रोक्ने तथा फर्काउने गरेको छ । भोलि शुक्रबारदेखि बैंकहरु सञ्चालन हुने निश्चित नभएकाे भन्दै त्यसका लागि छलफल भइरहेको संघले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *