स्वाब दिन इन्कार गर्ने उपमेयर बजारमा निस्फिक्री घुम्दा‍‍‍…

काठमाडौं। रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय त्रसित बनेका छन्।
उनका पतिमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले परीक्षणका लागि स्वाब दिन अस्वीकार गरेकि छिन ।
पतिको रिपोर्ट बलजफ्ती र षड्यन्त्रपूर्वक पोजेटिभ बनाएको आरोप लगाउँदै उपमेयर खातुनले आफूलाई केही नभएको दाबी गरेकी छन्। उनले कुनै हालतमा पिसिआर टेस्ट नगराउने अडान लिएकी छन्।

पतिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा एकाघरका सबैको पिसिआर टेस्ट गर्नुपर्ने आफ्नो आग्रहलाई उपमेयर खातुनले इन्कार गरेको मेयर सियाराम कुशवाहाले बताए।

स्वाब दिन इन्कार गर्ने उपमेयर बजारमा निस्फिक्री घुमिरहेकाले स्थानीय त्रसित बनेका छन्। उपमेयरले पिसिआर गराउन इन्कार गरे उनको घरमा सिल गर्न प्रहरीलाई निर्देशन दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। यो समाचार आज नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *