काठमाडौं । पुराना मुद्दालाई साप्ताहिक पेशीमा सूचीमा नचढाई एकैपटक दैनिक सूचीमा चढाई सुनुवाई गर्ने नियमावलीको प्रावधान सर्वोच्च अदालतले लागू नगर्ने भएको छ । साप्ताहित पेशी सूचीमा नचढाई एकैपटक दैनिक सूचीमा चढाई सुनुवाई गर्दा विकृती आउन सक्ने भन्दै गुनासो आएपछि सर्वोच्चले त्यस्तो प्रावधान लागू नगर्ने भएको हो ।
सर्वोच्चले सो प्रावधान लागू नगर्ने भनी नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई पत्र पठाएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले उक्त ब्यहोराको पत्र आफूले पाएको जानकारी दिनुभयो ।
सर्वोच्चले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७६ मा उपनियम (६क) थप गरी पुराना मुद्दाहरुको चाँडो किनारा गर्न प्रधानन्यायाधीशले त्यस्ता मुद्दाहरुलाई साप्ताहिक पेशी सूचीमा नचढाई दैनिक पेशी सूचीमा चढाई सुनुवाई गर्न सक्ने प्रावधान राखिएको थियो । त्यस्तो ब्यवस्था आएपछि न्यायिक क्षेत्रबाट आलोचना भएको थियो । त्यस्तो प्रावधान हटाउन नेपाल बार र सर्वोच्च बारले औपचारिक रुपमा नै अनुरोध गरेका थिए ।
साप्ताहिक सूचीमा मुद्दा नचढी दैनिक मात्र चढ्ने प्रावधान खारेज
