कोरोनाका १ हजार १६ संक्रमित थपिए, ८५ जना डिस्चार्ज्

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन ।

देशभरका प्रयोगशालामा १३ हजार ४ सय ६१ पिसिआर परीक्षण गर्दा १ हजार १६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जनाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

यस्तै २४ घण्टामा ८५ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ५ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घन्टामा काभ्रे, नवलपरासि, मोरङ, धनुषा, बाँके र कास्की मा १/१ जना पुरुष तथा तनहुँँमा १ महिला गरी गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । यो सँगै नेपालमा मृत्यु भएका कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।

देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *