यौन दुर्व्यवहारको आरोपमा बेलायतमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

-कृष्णप्रसाद शर्मा

लण्डन । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।

बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए ।

आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् । घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् । राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि अब यसले गर्दा उनले आफ्नो पद र बस्दै आएको घर गुमेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *