कोरोनाका ५८१ संक्रमित थपिए, ३ जनाको मृत्यु, १६० जना डिस्चार्ज्

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका ५ सय ८१ संक्रमित थपिएका छन । जसमध्य १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५ सय २० पिसिआर परीक्षण गर्दा ५ सय ८१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै २४ घण्टामा १ सय ३४ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घन्टामा मोरङ, रौतहट र काठमाडौमा १/१ गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । यो सँगै नेपालमा मृत्यु भएका कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ ।
देशभर ९ हजार ६ सय ३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *