पर्साका मेयर, वरिष्ठ चिकित्सकसहित ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज । कोरोना संक्रमणको इपीसेन्टर बन्दै गएको पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा मेयर सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *