USAID

त्रिविको सबै सेवा १५ दिनसम्म बन्द हुने


काठमाडौँ । त्रिभुवन विश्व विश्वविद्यालयले आज सोमबारबाट लागू हुनेगरी सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषदको आइतबार बसेको बैठकले कोरोना संक्रमणको कारण कीर्तिपुरका अधिकांश वडा सिल भएको र केही क्षेत्र लक डाउन भएकाले हाललाई सबै सेवा १५ गतेसम्मको लागि बन्द भएको जनाएको छ ।

त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले अनलाईन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवाबाहेक सबै काम बन्द गरिएको जानकारी गराए । उनका अनुसार त्रिविअन्तर्गत सबै डीनको कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पसलगायत सबै निकायको काम बन्द गरेको जानकारी दिए ।

उनले भने– अत्यावश्यकबाहेक सबै काम बन्द गरेका छौँ । कोभिड संक्रमण बढ्दै गएकोले तत्कालका लागि सबै काम बन्द गरिएको हो । त्रिविले हिजो आइतबारसम्म सबै कार्यालय खुला गरी महत्वपुर्ण काम गरिरहेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *