कोरोनाका ६४१ संक्रमित थपिए, २ जनाको मृत्यु, १३४ जना डिस्चार्ज्

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ७२ सहित देशभर ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन । जसमध्य २ सय १८ महिला र ४ सय २३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १२ हजार २ सय ४७ पिसिआर परीक्षण गर्दा ६ सय ४१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै २४ घण्टामा १ सय ३४ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घन्टामा मोरङ र पर्सामा १/१ गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । यो सँगै नेपालमा मृत्यु भएका कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
देशभर ९ हजार २ सय २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *