USAID

वीरगञ्जमा सेना परिचालन


काठमाडौँ । कोरोना भाइरसको महामारीले आक्रान्त वीरगञ्जको अवस्था अनियन्त्रित भएपछि सरकारले सेना परिचालन गरेको छ । सरकारले जारी गरेको लकडाउनको सर्वसाधारणले अटेर गरेपछि सेना परिचालन गरिएको हो । सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।

सेनाले बीरगञ्ज वरिपरिको क्षेत्र अपराह्नबाट आफ्नो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरीलगायतको सुरक्षाकर्मीको नेतृत्व पनि सेनाले गरिरहेको छ ।

जिल्ला शान्ति सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो । वीरगञ्जमा रहेका सबै क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा समेत सेनाले सहयोग गर्नेछ ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक कामबाहेक बाहिर निस्कन स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

निषेधाज्ञा अवधिमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक (भन्सार,आइसिपी र डाईपोर्टमा रहेका मात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *