USAID

नेकपा बिवाद मिलाउन गठन गरेको कार्यदलको बैधानिकतामाथि प्रश्नै प्रश्न


काठमाडौं। सत्तारुढ नेकपा भित्र दुई अध्यक्षबीच पार्टी भित्रको बिवाद मिलाउन कार्यदल गठन गरेकोमा पार्टीका अन्य नेताले कार्यदलको बैधानिकता प्रति प्रश्न उठाउदै असन्तुष्टि ब्यक्त गरेका छन ।
दुई अध्यक्षबीचको कार्यदल गठन गरेको सहमतिलाई पूर्व प्रधानमन्त्री द्वय माधव नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलको बैधानिकतामाथि प्रश्न उठाउदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग असन्तुष्टी जनाएका हुन ।
लामो समयदेखि पार्टी भित्र बिवाद हुदा पटक पटक स्थगित हुदै आएको स्थायी समिति बैठक बस्न सकेको छैन । बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने बताएपछि अहिले सो पार्टी भित्र भांडभैलो मच्चिएको छ ।

तीन नेताले अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेटेर दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरेर काम गर्नु वैधानिक नहुने र भोलि कार्यदलले बुझाएको रिपोर्टमा कुनै नेताले नमान्ने अवस्था आए त्यसले मान्यता पाउने भन्दै असनुष्टी ब्यक्त गरेका थिए ।
त्यसैले पार्टी कमिटीको बैठक राखेर यस विषयमा निर्णय लिनुपर्नेमा त्यसो नगरिएकाले प्रक्रियागत रुपमा त्रुटि रहेको नेताहरूले बताएपछि प्रचण्डले उनीहरुलाई टालटुले जवाफ दिएका थिए ।

उनीहरूले तत्काल सचिवालय बैठक बोलाएर कार्यदल गठनको औपचारिक निर्णय लिन पनि दाहाललाई आग्रह गरेका थिए । उनीहरूले सचिवालय बैठकबाट कार्यदल गठन गरेको भए प्रक्रियागत रुपमा मिल्ने धारणा दाहालसँग राखेका थिए। ‘सचिवालयमा छलफल गरेर निश्चित कार्यादेश दिएर कार्यदल गठन गरेको भए हुन्थ्यो। त्यो प्रक्रियागत रुपमा मिलेन’, दाहालसँग नेताहरूले भनेका थिए।

वरिष्ठ नेता खनालका अनुसार कार्यदल कमिटीले बनाउनुपर्नेमा दुई अध्यक्षको मात्र सहमतिमा बनाएकाले प्रक्रियागत रुपमा नमिलेकाले नेताहरूले वैधानिकतामा प्रश्न उठाएका हुन्।

‘कुनै पनि कार्यदल पार्टीका कमिटीले बनाउने हो। त्यो पनि कार्यदललाई दिने कार्यादेशसहित बनाएर गठन गर्नुपर्ने हुन्छ। तर, कार्यदल बनाउँदा त्यसो गरिएको पाइएन।
यस विषयमा पार्टीबाट निर्णय लिन पार्टी सचिवालय बैठक बोलाउन हामीले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छौं’, वरिष्ठ नेता खनालले भने।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *