धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । चर्चित भारतीय क्रिकेटर तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन । ३९ वर्षीय धोनीले सामाजिक सन्जाल मार्फत आफुले संन्यास लिने निर्णय गरेको जनाएका छन ।

यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका धोनीले अब एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय खेल पनि अव खेल्ने छैनन्। धोनीले आइपिएल भने खेल्ने बताइएको छ । चेन्नाई सुपरकिंग्सका कप्तान धोनी पछिल्लो समय आइपिएलको तयारीमा छन्।

भारतीय क्रिकेट टिमका कप्तान धोनीले भारतलाई सन् २००७ को टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउदा नेतृत्व गरेका थिए। उनले टेस्टमा पनि भारतलाई उत्कृष्ट टिम बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *