प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई दिए शुभकामना

काठमाडौँ । नेपाल र भारतबीच संवादहिनता बढिरहेकै बेला प्रधानमन्त्री के पी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई आज एक ट्विट गर्दै बधाई सन्देश दिएको छन् । प्रधानमन्त्री ओलीले भारतको ७४औँ स्वतन्त्रता दिवसको सुखद अवसरमा प्रधानमन्त्री मोदी, भारतीय सरकार र जनतालाई बधाई तथा शुभकामना सन्देश दिएका हुन् । प्रधानमन्त्री ओलीले भारतीय जनताको प्रगति र उन्नतिका लागि कामना पनि गरेका छन् ।

भारतीय स्वतन्त्रता दिवसमा दुबै देशका प्रधानमन्त्रीबीच फोनवार्ता हुने प्रचलन भए पनि यसपाली फोनवार्ता हुने नहुने बारे केही बताइएको छैन । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नयाँ नक्सा जारी गरेपछि भारतसँग प्रधानमन्त्री ओली नेतृत्वकाे सरकारसँग संवाद रोकिएको छ ।

आफ्नो नेतृत्वको सरकार ढाल्न भारत लागि परेको भन्ने प्रधानमन्त्री ओलीको भनाइबाट असन्तोष रहेको भारत रामको जन्मभूमी भारतमा नभएर नेपालमा भएको भन्ने विवादास्पद भनाइ सार्वजनिक गरेसँगै प्रधानमन्त्री ओलीसँग थप क्रोधित बनेको छ । जसका कारण दुबै देशबीच सरकारी तहमा कुनै किसिमकाे सम्वाद हुन सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *