प्रहरी पेट्राेल पम्पकाे एक करोड असइको खातामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा रु. एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

चार्टर्ड एकान्टेटमार्फत प्रहरीले गराएको लेखा परीक्षणमा उनको हिनामिना सार्वजनिक भएपछि प्रहरी कल्याण महाशाखाले थप छानबिन गरेको थियो । छानबिनपछि उनी फरार भएका उनलाई प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिई अख्तियारमा बुझाइएको हो । 

प्रहरी पेट्रोल पम्पमा लामो समय काम गरेका असइ कार्की मात्र नभई यसमा अरूको पनि संलग्नताकाे आशंका गरिएको छ । लामो समयसम्म त्यसरी रकम हिनामिना हुँदा पनि वरिष्ठ अधिकारीले त्यसतर्फ चासो दिएका थिएनन् । कार्कीको उच्च प्रहरी अधिकारीसँग निकटस्थ सम्बन्ध रहेकाे बताइएकाे छ । 

असइ कार्की हिनामिनाको केही रकम तिर्न तयार भए पनि अनियमितता गर्नेलाई उन्मुक्ति दिन नहुने भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्देशनमा उनलाई अख्तियारमा बुझाइएको प्रहरी स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *