काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्त मण्डल बिरुद्व बिशेष अदालत काठमाण्डौमा आज बुधबार मुद्वा दायर गरेको छ ।
सेवाग्राहीसँग ५ लाख घुस लिएको प्रमाणसहित पक्राउ गरी अख्तियारले बिशेष अदालतमा मुद्वा दायर गरेको हो ।
बर्दिवास स्थित अख्तियारको टोलीले सेवाग्राहीबाट ५ लाख रूपैयाको चेक मार्फत रकम लिएको अवस्थामा मेयरका छोरा सन्तलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले मेयत मण्डलको निर्देशनमै छोरा सन्तले घुस रकम लिएको भन्ने खुलेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९२० बमोजिम मण्डललाई घुस लिएको पाँचको बिगो बमोजिम सजायको मागदाबी गरेको छ ।
अख्तियारले छोरासहित मेयर मण्डललाई बिशेष अदालतमा मुद्वा दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन । बिशेष अदालतमा मुद्वा दायरसँगै पद निलम्बन भएको छ ।
