काठमाडौ । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा आज निधन भएको हो ।
मुटुमा समस्या देखिएपछि उनलाई गङ्गालालमा भर्ना गरिएको थियो । नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए । नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो । नेपाली टोलीको कप्तान त्यो बेला नर शमशेर राणा थिए ।
सुब्बा भारतको दार्जिङमा जन्मिएका थिए । पछि फुटबल खेल्न नेपाल आएक हुन । उनी बाँचुञ्जेलसम्म काठमाडौँमैँ बस्थे । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिना अघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताए । पछि मुटुमा समस्या देखिएपछि उहाँलाई गङ्गालाल भर्ना गरिएको हो ।
