काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ । आयुक्त घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । काेराेना संक्रमित हुने उनी नेपालकै उच्च पदस्थ अधिकारी हुन् ।
अख्तियार केन्द्रीय कार्यालय टंगालमा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइरहेका बेला प्रमुख आयुक्तसमेत संक्रमण देखिएकाे हाे । संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेकाे बताइएको छ ।
स्रोतले अन्य एक आयुक्तसमेत संक्रमित भएको जानकारी दिएकाे छ । यद्यपि अख्तियारले यस बारेमा औपचारिक जानकारी भने दिएको छैन ।
