स्वास्थ्य मन्त्रालयका तीन र सर्वाेच्च अदालतका एक कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका तीन जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालय सहप्रवक्ता समिर अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गर्दै उनले ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए ।

मन्त्रालयस्राेतका अनुसार संक्रमित हुनेमा लेख शाखाका दुई र कार्यालय सहयाेगी एक जना रहेका छन् । त्यसैगरी अर्का एक जना संक्रमित सर्वाेच्च अदालतका कर्मचारी हुन् ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी)को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । उनीहरुमध्ये तीन जनाको नतिजा पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *