एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ । भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) हुन् ।


प्रक्रिया नै नपुर्याइ चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन । आयोगका अनुसार हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *