क्वारेनिटनमा युवतीले आत्महत्या गरेपछि, स्थिती तनावपूर्ण

काठमाडौ । काभ्रेको बेथानचोक गाउँपालिका– ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।
गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् । आफन्तले क्वारेन्टिन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका छन् ।

आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

त्यहाँको स्थिती नियन्त्रणमा लिने प्रहरीको कोशिस जारी रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *