USAID

नेता बामदेवद्वारा गलत मिडियावाजीको खण्डन


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले लगानी बोर्डको कार्यकारी अध्यक्षको नियुक्तिको विषयमा सञ्चारमाध्यमले अनावश्यकरुपमा आफूलाई जोडेको उल्लेख गर्दै त्यसको खण्डन गरेका छन् ।

“लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ,” भन्दै खण्डन गरेका हुन् ।

उनको खण्डन जस्ताको तस्तै

१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ । तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो ।

२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन वटा विचार समुह बनेका छन् । यी समुहसँग क. केपी ओली, क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. माधवकुमार नेपाल जोडिनु भएको छ । म समुहगतरुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न । तर क. ओली र क. प्रचण्ड ले भेट्न बोलाउँदा म जाने गरेकोछु । सल्लाह सुझाव र राय पनि दिने गरेको छु । मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु । पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो ।

३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसैकारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाँहरुले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि वहाँलाई गंभीर आलोचना गर्ने गरेको छु । क. प्रचन्डलाई पनि वहाँकै अगाडि वहाँको आलोचना गर्ने गरेको छु। पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दैन । त्यसो भएर मलाई यो वा त्यो गुटसँग संंबन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु ।

वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *