आर्सनलमा विलियन अनुबन्धित

लन्डन । इंग्लिस क्लब चेल्सीका ब्राजिली विंगर अर्को इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएको छ । आर्सनलले ३१ वर्षे विलियनलाई फ्री ट्रान्सफरबाट तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

विलियनले चेल्सीसँग तीन वर्षको सम्झौता मागे तापनि चेल्सीले त्यसलाई पूरा नगरे पनि उनी अर्को लन्डन क्लब आर्सनल पुगेका हुन् । चेल्सीले दुई वर्ष तथा विलियनले तीन वर्ष सम्झौता गर्नुपर्ने सर्त राखेपछि सहमति हुन सकेको थिएन ।

सम्झौताअनुसार विलियनले प्रतिसाता १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन् । आर्सनलले विलियनको सम्झौताबारे केही दिनमा सार्वजनिक गर्नेछन् । विलियनले यो सिजन चेल्सीका लागि ४७ खेलमा ११ गोल र ९ गोलका लागि सहायता दिएका थिए । २०१३ मा रसियन क्लब एन्जी माखाचाख्लाबाट चेल्सीमा आएका थिए । उनले चेल्सीका लागि ३३९ खेलमा ६३ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक इंग्लिस प्रिमियर लिग र समान एकपटक एफए कप, ईएफएल कप र युरोपा लिग जितेका छन् ।

यस्तै, चिली तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेज स्थायी रूपमा इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टरले लोनमा खेलिरहेका फरवार्ड सान्चेजलाई फ्री ट्रान्सफरमा तीन वर्षका लागि अनुबन्ध गरेको हो । रिपोर्टअनुसार सान्चेजले इन्टमार तीन वर्षको सम्झौतामा हस्ताक्षर गर्ने र पारिश्रमिक कटौती गर्ने तयारी गरेका छन् । यसपछि सान्चेजले प्रतिसाता १ लाख ३० हजार पाउन्ड कमाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *