USAID

बाराक ओबामाकी श्रीमती मिशेललाई डिप्रेशन


न्युयोर्क । कोरोनाभाइरस महामारी र जातीय विभेदको कारणले आफु मानसिक तनाव उत्पन्न भएकोअमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले बताएकी छन् । ट्रम्प प्रशासनको आडम्बरका कारण आफूलाई एक किसिमको मानसिक समस्या लो ग्रेड डिप्रेशन भएको उनको भनाइ रहेको छ ।

नियमितरुपमा निद्रा र व्यायाम गर्ने तालिकामा कठिनाई महसुस गरेको उनको भनाइ छ । म मध्यरातमा बिउँझिन्छु किनभने मलाई एक खालको गह्रुङ्गोपन हुन्छ, उनले भनिन् ।

आध्यात्मिकरूपमा सन्तुष्ट हुन सकिने समय होइन, उनले भनिन्, “क्वारेन्टीनका कारण मात्र नभएर निरन्तर रूपमा जातीय द्वन्द्व, अनि ट्रम्प प्रशासन र त्यसको आडम्बर देख्दा, निरुत्साहन गरेको उनको दाबी छ ।”

उनले भनिन्– अश्वेत पुरुष वा व्यक्तिलाई कुनै न कुनै रूपमा अमानवीय व्यवहार गरिएको, चोट पुर्‍याइएको, मारिएको वा मिथ्या आरोप लगाइएको समाचारसहित बिउँझिदा दिक्क लागेको छ । यस्ता भावावेगहरू नियन्त्रण गर्न तालिका महत्त्वपूर्ण भएको भन्दै महामारीका बेला तदनुरूप व्यवहार गर्नु आफ्ना लागि अझ महत्त्वपूर्ण भएको छ ।”


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *