USAID

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सबै सेवा स्थगित


काठमाडौँ । उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला शान्ति, सुरक्षा, अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । “अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भयो, दाहालले भने, “यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ ।”

सीडीओहरूकाे बैठकले उपत्यकाभित्र जहाँ संक्रमण हुन्छ त्यहाँ तत्कालै सिल गरेर मानवीय गतिविधि ठप्प पार्ने निर्णय गरेको छ । जसअनुसार अहिले सबैभन्दा धेरै संक्रमण देखिएको असन, महावौद्ध र टेकु क्षेत्र सिल हुनेभएको छ ।

उपत्यकाका सपिङ मल एवम् व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको हेर्ने, नभएको पाइएमा तत्कालै बन्द गराउनेसमेत निर्णय भएको छ । बैठकले काठमाडौं प्रवेशलाई पनि थप कडा बनाउने निर्णय भएको छ । सरकारी कार्यालयहरु पनि आंशिक रुपमा मात्र खुल्नेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *