प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण, परिवार सुरक्षित

काठमाडौ‌ं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरसकाे संक्रमण भएको छ ।

प्रचण्ड निवासमा कार्यरत सबै सुरक्षाकर्मी र प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको सचिवालयले जनाएको छ ।

सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका कुनै सदस्यलाई संक्रमण भएको छैन् । बाहिरी घेरामा खटिएका सुरक्षाकर्मीलाई कोरोना देखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *