USAID

मिर्चैयामा साउन ३२ गतेसम्म लकडाउन


लहान । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ ।

यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बस्नुभएका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उहाँकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जित्नुभएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *