कोरोना संक्रमित मन्त्रीसँगै प्रधानमन्त्री ओलीको वैठक

काठमाडौ‌ं । केहि दिन अगाडी ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको वैठक काठमाडौं स्थित प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । उक्त बैठकको प्रमुख अथितिको रुपमा प्रधानमन्त्री के.पी.शर्मा ओली, विषेश अथितिमा गृहमन्त्री रामबहादुर थापा (बादल), गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरिक्षक सैलेश थापा लगाएत ७ वटै प्रदेशका मन्त्रीहरुकाे उपस्थिती रहेको थियो । उक्त बैठकमा उपस्थित मन्त्री ज्ञानेन्द्र यादवमा कोरोनाको पुष्टिसँगै बैठकमा उपस्थित सबैमा संक्रमणको खतरा रहेको छ ।

बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले संचारकर्मीलाई जानकारी दिएका छन ।

गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको जनकपुर अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेकोमन्त्री यादवले बताएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गरेका छन् । मन्त्री यादव अहिले मन्त्रालयको निवासमको आइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *