USAID

बेइरुत विस्फोटः मृतककाे संख्या १३५, बन्दरगाहका अधिकारीहरू नजरबन्दमा


बेइरुत । बइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ । मङ्गलवार भएको विस्फोटनमा मृत्यु हुनेको संख्या कम्तीमा १३५ पुगेका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो । भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर “त्यस्तो नभएको” बताएका छन् ।

बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ ।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समयअगाडि उक्त ठूलो विस्फोटन भएको हो । बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए ।

बन्दरगाहका महाप्रबन्धकले अदालतले उक्त रसायन गोदाममा भण्डारण गर्न आदेश दिँदा आफूहरूलाई त्यो खतरनाक हुन सक्छ भन्ने थाहा भएको तर “यति विधि खतरा होला भन्ने भने नठानेको” ओटीभीलाई बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *