आजदेखि काठमाडाैँसहित केही जिल्लामा जोरविजोर प्रणाली

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकासहित ६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा महोत्तरी, रौतटह, पर्सा, कैलाली र डोटी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *