कोरोनाले पचास वर्षपछि दिदी बहिनीलाई भेटायो

न्युयोर्क । विगत पचास वर्षभन्दा लामो समयदेखि एक अर्कासँग कुनै सम्पर्क नै हुन नसकेका अमेरिकाका दुई दिदी बहिनीको नाटकीय ढंगले कोभिड १९ कै कारण पुनर्मिलन भएको छ ।

फ्रमोनस्थित डन्क्लाउ गार्डेन्स नामक स्वास्थ्य स्याहार केन्द्रमा उपचार सहायकको रुपमा कार्यरत ५३ वर्षीया बेव बोरोले बिरामीको नाम सूचि जाँच्द गर्ने क्रममा त्यसमा उल्लेखित ७३ वर्षीया डोरिस क्रिप्पेनलाई आफुले आफ्नी दिदी हुन् भनेर चिनेको बताएकी छन् ।

उनले लामो समयदेखि आफ्नी दिदीलाई खोजिरहेकी थिइन् । कोभिड १९ संक्रमण र हात भाँचिएको कारण क्रिप्पेनको एक महिनाभन्दा लामो समय समम नेव्रास्का मेडिसिनमा उपचार भएको थियो ।

अलि कान कमै सुन्ने भएकाले विगतमा दिदीसँग सेतो बार्डमा लेखेर संवाद गर्ने गरेको सम्झेपछि अहिले पनि श्रवण शक्ति कमजोर रहेकी क्रिप्पेन नै आफ्नी दिदी हुनुपर्ने यकिन बोरोलाई भएको थियो । तिनीहरु एउटै पिता वेनडल हफम्यान तर फरक फरक आमाबाट जन्मिएका थिए ।

तर तिनीहरु छुटाछुटै घरमा हुर्केका थिए । छ महिनाभन्दा कम उमेरमै बोरोलाई बाल स्याहार केन्द्रमा राखिएको थियो । अन्तत बोरोलाई कसैले धर्मपुत्री बनाएको थियो । हफम्यानका तीनवटा पत्नीबाट जन्मेका दश सन्तानमध्ये क्रिप्पेन जेठी तथा बोरो सबैभन्दा कान्छी थिइन् ।

क्रिप्पेनले त्यति लामो समयपछि बहिनी भेटाउन सकेकोमा आफु संसारकै सबैभन्दा सुखी व्यक्ति भएको दि वासिंगटन पोष्टलाई बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *