USAID

चार नेपाली महिलालाई दिल्लीमा बन्धक बनाउने लामा पक्राउ


काठमाडौँ । उदयपुर, झापा र सिन्धुपाल्चोकका चार जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाईदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकका याङलाल लामा भन्ने ह्याङलाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । लामाले ती महिलालाई २०७३ साल चैतमा बीरगन्ज नाका हुँदै दिल्लीको उत्तरपुरमा बन्धक बनाई राखेको खवर पाएपछि दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर माईती नेपालको जिम्मा लगाएको थियो ।

माईती नेपालले मनोपरामर्श गरी उनीहरुलाई आफन्तको जिम्मा लगाएपछि प्रहरीले लामाको खोजीलाई तीव्र बनाएको थियो । मानव बेचबिखन ब्युरोले लामालाई मावन बेचबिखन ऐन अन्र्तगत कारवाही अगाडि बढाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *