USAID

अब सर्वसाधारणलाई सिंहदरबारको ढोका बन्द


काठमाडौं । नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का महामारीका कारण सिंहदरबारभित्रका कर्मचारीको स्वास्थ्य सुरक्षालाइ मध्येनजर गरि सरकारले उक्त निर्णय लिएको हो ।


सिंहदरबार पुगेर फोन गरि पास पठाउन अनुरोध गर्ने व्यवस्था हाललाई पूर्णरुपमा बन्द गरिएको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले भने, ‘ सूचना विभागद्वारा वितरित प्रेस पास, सुरक्षाकर्मी र सरकारी कर्मचारी बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।’


कोरोना महामारी सहज नभए सम्म उक्त कडाइ यथावत रहने पनि उनले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *