सुन तोलाको एक लाख नाघ्याे

काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान कायम गर्ने क्रममा आज तोलाको एक लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार अगिल्लो दिनको तुलनामा प्रति एक हजार ६ सय रुपैयाँ बढेको छ। छापावाला सुन एक लाख एक हजार चार सय पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । मंगलबार प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिए पनि नेपालमा भने सुनको मूल्य बढेको छ । यो क्रम अझ जारी रहनेसक्ने नेपाल सुनचाँदी महासंघले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै विश्व अर्थतन्त्रमा धारासायी हुँदा सुनको मूल्य बृद्धि हुन थालेको हो । पाँच महिनायता सुनको मूल्य बढ्ने क्रम जारी छ ।

आज चाँदीको मूल्यमा पनि केही बृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ पुगेको छ । मंगलबार एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *