USAID

राष्ट्रिय टोलीका गोलकिपर मल्ल प्रशिक्षकमा नियुक्त


काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो ।

तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवम् गोलकिपरसमेत थिए । मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए । मल्ल एन्फा एकेडेमीको उत्पादन हुन् ।

उनले राष्ट्रिय टोलीमा जापानी गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूको स्थान लिने एन्फाले जनाएको छ । फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ लाई ध्यानमा राख्दै मल्ललाई गोलकिपर प्रशिक्षकका रुपमा छनोट गरिएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *