बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोर्खा । पालुङटार नगरपालिका ४का बडाध्यक्ष बलात्कारको अभियोगमा पक्राउ परेका छन । एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

बिहे गर्ने प्रलोभन दिएर पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको एसपी गुरुङले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *